फ्रेन्च लिग: एमबाप्पेको ह्याट्रिकसँगै पीएसजी बन्यो च्याम्पियन
एजेन्सी । फ्रेन्च लिगको उपाधि पेरिस सेन्ट जर्मन पीएसजीले जितेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । पीएसजी पाँच खेल अगावै लिग च्याम्पियन बनेको हो ।
पीएसजीको जितमा युवा स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरे । आठौं पटक लिगको उपाधि जितेको पीएसजीले पछिल्ला सात संस्करणमा ६ संकरण जितेको छ । पीएसजीको उपाधि खेलमा तीन महिनादेखि चोटका कारण विश्राममा लिएका नेइमारले पनि पुनरागमन गरेका थिए ।
null
यद्यपी नेइमारलाई दोस्रो हाफमा मात्र खेलाएको थियो । घरेलु मैदानमा पीएसजीलाई जिताउन एमबाप्पेले १५ औं मिनेटमा गोलको खाता खोले । ३८ औं मिनेटमा दोस्रो गोल गरेका एमबाप्पेले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए ।
खेलभर पीएसजीको दबाब झेलेको मोनाकोले ८० औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । मोनाकोका लागि अलेकसान्डर गोलोभिनले गोल गरे । जितसँगै पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ । उसले दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ । लिलेको ६५ अंक छ ।