विप्लव कार्यकर्ताद्वारा ग्यास सिलिण्डर विष्फोट

काठमाडौँ, १० असार । रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए । घटनास्थल बसोबास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति भएको छैन । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ । 

null

चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =