गण्डकी मेडिकल कलेजका पुर्व प्रमुखसहित दुई जना पक्राउ

पोखरा । गण्डकी मेडिकल कलेजका पुर्व प्रमुख कार्यकारी अधिकृत सहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कलेजका पुर्व सिईयो सन्तोष खनाल र कर्मचारी लक्ष्मण प्रसाद शर्मालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले तोकिएभन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित ६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी समेत जारी गरेको थियो । 

विद्यार्थीहरु प्रितम सुवेदी, विजयवावु शिवाकोटी र अनित सिन्हाले सरकारले तोकेको शुल्कसिमा विपरित मनपरी रुपमा रकम असुलेको भन्दै ठगी मुद्धा मंगलबार नै दर्ता गराएका थिए । विद्यार्थीको उजुरीका आधारमा सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे र प्रशासनका दिनेश पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 

null

पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भइसकेका छन् । त्यसै गरी बुधबार विद्यार्थीहरुले कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, लक्ष्मणप्रसाद शर्मा लगायत १० जनाविरुद्ध उजुरी पनि दिएका छन् । सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ । 

 

विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका थिए । यसका साथै विद्यार्थीले मंगलबार सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए । 

सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *