समानुपातिक सूची सच्याउन ३ वटा राजनीतिक दललाई दुई दिनको समय 

काठमाडौं, फागुन १ । समानुपाति सांसदको सूचीमा त्रुटि भएको भन्दै निर्वाचन आयोगले त्यसलाई सच्याउनका लागि ३ वटा राजनीतिक दललाई दुई दिनको समय दिएको छ । कानुनअनुसार समावेशी समूह र क्रमआबद्धता नमिलेकाले सच्याएर नाम दिन आयोगले नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ । तीन वटा दलले भोलि साँझसम्म सूची सच्याएर आयोगमा पठाइसक्नुपर्नेछ । आयोग स्रोतका अनुसार काँग्रेसले पिछिडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा नगराइएकाले त्यसलाई सच्याएर पठाउन आयोगले भनेको छ । आयोगले माओवादी केन्द्रलाई सच्याउन तीनबुँदे पत्र लेखेको छ ।

पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्ने, खसआर्यबाट ५ जना हुनुपर्नेमा ६ जनाको राखेकाले घटाउनुपर्ने, मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनामात्र राखेकाले त्यसमा थप्न आयोगले भनेको छ । राजपाले माथिल्लो क्रममा रहेको व्यक्तिबाट आफू सांसद हुन इच्छुक नरहेको पत्र आयोगलाई पठाउन लगाएर त्योभन्दा मुनिको नाम पठाएकाले त्यसलाई आयोगले अस्वीकार गरेको हो ।

युरोपियन च्याम्पियन्स लिगको प्रि(क्वाटरफाइनलको पहिलो लिगमा मंगलबार राति म्यानचेस्टर सिटी र बसेल तथा यूभेन्टस र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =