भक्तपुरमा नेपालको संविधान जलाउन खोज्ने २ जना पक्राउ

असोज ३, काठमाडौँ । भक्तपुरको बालकोट चोकबाट नेपालको संविधान जलाउन खोज्ने २ जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
बिहान १० बजे राष्ट्रिय सरोकार मन्च नेपाल र शिब सेनाका सदस्यहरुले नेपालको संबिधान जलाउने तयारी गरी रहेको अवस्थामा ती दुई जना व्यक्ती पक्राउ परेका हुन् ।
सरकारले घरघरमा दिप प्रज्वलन गरी देशभर धुमधामको साथ संविधान दिवस मनाऔँ भनिरहेको बेला संविधान दिवसको बिरोध गरी संविधान जलाउन खोज्ने ति दुई व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ती दुई व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

महानगरिय आयुक्त प्रहरी कार्यलयका रानीपोखरीका प्रवक्ता एबं एसएसपी श्याम ज्ञवालीका अनुसार मुलुकको संबिधान जलाउने सुचना प्राप्त हुनासाथ सो क्षेत्रमा प्रहरी परिचालन गरि उनीहरुलाई पक्राउ गरेको हो ।









