आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

काठमाडौँ,  माघ २९ । श्रीमान्बाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ ।

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमान्ले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =