महानगरीय प्रहरी प्रमुखबाट धानुक हटाइए, विश्वराज पोखरेल परिसर प्रमुख

काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ। गृहले आइतबार एसएसपी रविन्द्र धानुकलाई हटाएर एसएसपी विश्वराज पोखरेललाई ल्याएको छ।

पोखरेलले सोमबारबाट कार्यभार सम्हाल्ने प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।

पोखरेल महागरीय आयुक्त कार्यालय इन्टेलिजेन्स शाखामा थिए। उनले एसपीको रुपमा काठमाडौं परिसरमा काम गरिसकेका छन्।

पछिल्लो समय पूर्व डिआइजी नवराज सिलवाल जोडिएको किर्ते अनुसन्धानको छानविनमा धानुकको भूमिकाप्रति हेडक्वाटर र गृह असन्तुष्ट थियो।

एसएसपी र डिआइजिको सरुवा अधिकार गृहमन्त्रीमा छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =