बाँकेको ८ ओटै स्थानिय तहको निर्वाचन परिणाम सार्वजनिक

असार २१, बाँके । बाँकेको ८ ओटै स्थानिय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । बाँकेमा कोहलपुर उपमहानगरपालिका सहित नेकपा एमालेले ४ ओटा स्थानिय तह जितेको छ भने नेपाली काँग्रेसले राप्ती सोनारी र डुडुवा गाउँपालिका गरी २ ओटा स्थानिय तह जितेको छ ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले उपमेयर जितेको छ । नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाका डा. धवल शमशेर राणाले मेयरमा जित्नुभयो । कोहलपुर उपमहानगरपालिमाका नेकपा एमालेका लुटबहादुर रावत, राप्ती सोनारी गाउँपालिकामा नेपाली काँग्रेसका लाहुराम थारु, डुडुवा गाउँपालिकामा काँग्रेसकै नरेन्द्र चौधरीले गाउँपालिका सहित प्यानलै जित्नु भयो ।
खजुरा गाउँपालिकामा नेकपा एमालेका कृश्मत कुमार कक्षपति, जानकी गाउँपालिकामा रामनिवास यादव, बैजनाथ गाउँपालिकामा मानबहादुर रुचालले जित्नुभयो । संघिय समाजवादी फोरम नेपालले जिल्लाको नरैनापुर गाउँपालिका जितेको छ  । १४ गते मतदान सम्पन्न भए पश्चात १५ गतेबाट सुरु भएको मतगणना कार्य आज सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *