बर्दियामा ट्रक दुर्घटना हुँदा तीनको मत्यु एक घाइते

 पुस १६, बर्दिया । बुधबार बिहान  बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छ ।   

भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको चार जना सवार  लु २ख १०६८ नम्बरको उक्त ट्रक बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।   

दुर्घटनामा परी गुल्मी घर भएका अन्दाजी २५ वर्षीय सहचालक निमबहादुर सार्कीसहित दुई महिलाको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै महिलाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जभित्रै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

घाइते  घोराही–११ निवासी चालक कर्णबहादुर चौधरीलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ट्रक  नियन्त्रणमा लिन नसक्दा आज बिहान ४ बजे पल्टिएर उक्त दुर्घटना हुन पुगेको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *