सलामी नगर्नेसहित २७ सय सैनिकलाई कारबाही
मकालु खबर
२०७६ मंसिर २ गते
मंसिर २, काठमाडौँ । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।
सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी,ठगी , लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो।
सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
null
मकालु खबर
२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित