दुई मोटरसाइकल एक आपसमा ठोक्किँयो, बसले किच्दा चालकको मृत्यु

फाइल फाेटाे 

२१ फागुन, जनकपुरधाम ।  बुधबार दिउँसो सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँए लगतै बसले किच्दा घटनास्थलमै एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार- ४ स्थित सडक खण्डमा  को ३३ प २०९८ नम्बरको मोटरसाइकल र बा ३१ प ५८८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँए लगतै  ना ४ ख ४२६५ नम्बरको बसले किच्दा मोटरसाइकल चालकको मृत्यु भएको हो ।   

मृत्यु हुनेमा जिल्ला सिरहा लहान नगरपालिका १९ बस्ने वर्ष २६ का को  ३३ प २०९८ नम्बरको मोटरसाइकल चालक मोहमद लुतफुर रहमान रहेको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा परि  बा ३१ प ५८८३ को मोटरसाइकल चालक उदयपुरको त्रियुगा नगरपालिका९१४ बस्ने वर्ष २६ को आरजु राई समेत घाइते भएकी र उनको उपचार भुमिजा अस्पताल गोलबजारमा  भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ठक्कर दिने बस र  राजविराज नगरपालिका९९ बस्ने ४२ वर्षीय  बसका चालक ब्रहमदेव रजकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =