‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स १९ लाखमा बिक्यो
२०७६ फागुन ५ गते

फागुन ५, काठमाडौँ । चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘चपली हाइट ३’को अष्ट्रेलिया राइट्स २५ हजार अमेरिकी डलर अर्थात नेपाली मूल्य १९ लाखमा बिक्री भएको छ ।
चलचित्रको अष्ट्रेलिया राइट्स यती मंहगो मूल्यमा आरकेएस अष्ट्रेलिया प्राइभेट लिमिटेड र बाबा कन्सलटेन्सीले खरिद गरेको हो ।
सोमबार चलचित्रको निर्माता अर्जुन कुमार र बाबा एकुकेसन कसल्टेन्सीको तर्फबाट प्रमुख रविन्द्र कुमार शर्माले यस सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








