बुढासुब्बा गोल्डकपमा दुर्गापुरी स्टील कलकता विजयी

धरान, माघ २१ । सुनसरीको धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आज आईतबारको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पाहुना टोलि भारतको दुर्गापुरी स्टील क्लब कलकत्ता सेमिफाईनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समयमा दुबै टोलीका तर्फबाट २/२ गोलको बराबरी अंक भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । जसमा धरान फुटवल क्लबका तर्फबाट खेलको सुरुवातमै २ मिनेटमा रोमन लिम्बुले एक गोल गरेका थिए भने अर्काे गोल खेलको १६ औ मिनेटमा बर्तमान राईले गरेका थिए ।

उता कलकताको तर्फबाट खेलको दोस्रो हाफको ३१औँ र ३४औँ मिनेटमा ससीकान्त सुर र सुभम थापाले गोल गर्दै खेललाई बराबरीमा पुुर्याएका थिए ।

त्यसपछिको टाईब्रेकरमा थप गरिएको साढे सात मिनेटको निर्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टीमको तर्फबाट कुनै गोल हुन नसकेपछि खेल सिधै सडन डेथमा पुगेको थियो ।

जसमा दुबैटीमले ४/४ गोल गरेका थिए । धरानको तर्फबाट योगेश गुरुङ, बुद्धीमान राई, बर्तमान राई तथा तीर्थ बस्नेतले गोल गरेका थिए भने कलकताको तर्फबाट मनीष थापा, प्रणव मित्रा, ससिकान्त सुर तथा नाईजेरीयन खेलाडी सेगब ईजीफाईले गोल गरेका थिए ।

सडन डेथमा पुगेको खेल धरानका तर्फबाट प्रहार गरेको गोल कलकताका गोल किपरले रोक्न सफल भए संगै आयोजक धरान पराजित हुन पुगेको हो ।

आज आईतवारको खेलको म्यान अफ दि म्याच कलकताका गोल किपर सम्राट मन्डी घोषित भएका छन् ।उनले नगद १० हजार समेत पाएका छन् ।

भोली सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र झापा –११ बिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =