पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध, यात्रु मर्कामा
मकालु खबर
२०७६ साउन ३ गते
साउन २, पाँचथर । वर्षाका कारण पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
null
पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन् । यात्रुलाई आवतजावतमा समस्या भएको छ ।
अहिले पहिरो पन्छाउने काम भइहरको छ ।
मकालु खबर
२०७६ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित