अन्तर्रा्ष्ट्रिय अपाङगता दिवसको अबसरमा अपाङता भएकाहरुलाई ह्वीलचियर प्रदान
२०७६ मंसिर १८ गते

मंसिर १८, धरान । १८ औ अन्तर्रा्ष्ट्रिय अपाङगता दिवसको अबसरमा धरानमा गत मंगलवार आयोजित एक कार्यक्रमकाबीच २० जना शारिरिक अपाङगता भएको व्यक्तिहरु लाई हिडडुलका लागि सहज बनाउने उदेश्यले अपाङगता मैत्री साधन प्रदान गरिएको छ ।
धरान उपमहानगरपालिका परिसरमा आयोजित अन्तर्रा्ष्ट्रिय अपाङगता भएका व्यक्तिहरुको दिवसमा तत्कालीन उपमहानगर पालिका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले उनिहरुलाई सहायक समाग्री हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा वितरण गरिएका सहायक समाग्रीहरुमा हिडढ्डूल गर्न नसक्ने ११ जनालाई व्हीलचेयर, दृष्टिविहिन ४ जना लाई व्हाइट केन, खुट्टाले हिड्न नसक्ने ३ जनालाई बैसाखी र १÷१ जनालाई ट्राइसाइकल र वाल्कर वितरण गरिएका हो ।
null
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








