राणालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन माग

बिष्णु जोशी

धनगढी, माघ ९ ।  नेपाली कांग्रेसका महिला प्रदेश सभा सदस्यहरूले नेतृ डाक्टर आरजु राणा देउवालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन माग गरेका छन् । प्रदेश नम्बर ७ का महिला सांसदहरूले सोमबार विज्ञप्ति जारी गर्दै नेतृ देउवालाई उम्मेदवार बनाउन नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग अनुरोध गरेका हुन् ।

प्रदेश नम्बर ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून भएकाले नेतृ देउवालाई उम्मेदवार बनाउन आग्रह गरिएको प्रदेश सांसद दिव्यश्वरी शाहले बताइन् । प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने महिला सांसदहरूको मागमा आफ्नो पनि सर्मथन रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति तथा प्रदेश सांसद कर्णबहादुर मल्लले बताए ।

डाक्टर देउवा गत मंसिर २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेकी थिइन् । उनलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद शाह, उमादेवी वादी, नन्दा बम र अम्बिकाकुमारी थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =