गोलको वर्षा भएको खेलमा चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी । चेल्सी युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गोलको वर्षा भएको खेलमा लन्डन क्लब चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । 

 

चेल्सीले आफ्नो घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको दोस्रो लेगको खेलमा ४–३ को संघर्षपुर्ण जित निकालेको हो । समग्रमा चेल्सीले ५–३ को जित निकालेको हो । चेल्सीको जितमा पेड्रो रोड्रिग्वेजले दुई तथा ओलिभर जिरुडले एक गोल थपे । एक गोल उपहार पाएको थियो । स्लाभियाका पिटर सेभसिकले दुई तथा थोमस सुसेकले एक गोल गरे । 

null

गोलको वर्षा भएको खेलमा सुरुवाती २७ मिनेटमा पाँच गोल भएको थियो । खेलको पाँचौ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । नवौं मिनेटमा सिमोन डेलीको आत्मघाती गोलबाट चेल्सी २–० ले अघि बढेको थियो । १७ औं मिनेटमा ओलिभर जिरुडले गोल गरेपछि चेल्सीले खेलमा ३–० को आरामदायी अग्रता बनायो । 

 

तर, २६ औं मिनेटमा थोमस सुसेकले गोल गरेपछि खेल ३–१ को स्थितिमा आएको थियो । त्यसको एक मिनेट नबित्दै पेड्रो रोड्रिग्वेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ४–२ को अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा पाहुना टोलीले दुई गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा दुवै गोल पिटर सेभसिकले गरे । उनले खेलको ५१ औं र ५४ औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =