आयोजक बगर भाइ खलकले हात पार्याे ‘एट ए साइड भेट्रान’को उपाधी

पोखरा, माघ ६ । बगर भाइ खलक द्धारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी आयोजक टिमले नै चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बगर भाइक ए टिमले डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधी चुमेको हो । उपाधी संगै आयोजक टिमले नगद १ लाख प्राप्त गरेको छ भने सिएमजीले नगद ५० हजार प्राप्त गर्याे ।

सम्पन्न फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगतै गोल गर्दै टिमलाई उपाधी नजिक पुर्याएका थिए ।

यता पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने धेरै प्रयासहरु बगर भाइ खलकका किपर लक्षुमण गुरुङले बिफल पारे । खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच घोषित भए । यस अघि शनिबारनै सम्पन्न सेमी फाइनलका खेल बाट सिएमजी र बगर भाइ खलक फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा भए भने वेष्ट गोल किपरको उपाधी सोही क्लबका लक्षुमण गुरुङले पाए ।

प्रतियोगितामा सिएमजी बाल गोपाल महर्जन वेष्ट मिड फिल्डर र वेष्ट डिफेन्डर सोही टिमका राजन नेपाली भए ।
प्रतियोगितामा वेष्ट स्ट्राइकरको उपाधी बगर भाइखलकका धन गुरुङ (सन्तोष) ले प्राप्त गरे भने उनले नै सर्वाधिक गोलकर्ताको उपाधी समेत पाए । उनले प्रतियोगितामा चार गोल गरेका थिए । प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पाएको थियो । उनीहरुले नगद ५ हजार सहित आकर्षक अवार्ड समेत प्राप्त गरेका थिए ।

बिजयी टिम तथा खेलाडीलाई कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ लगायतले रनिङ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तीन वर्ष देखि सहभागीता जनाएकको भन्दै सम्मान गरिएको थियो ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र स्वास्थ्य प्रति जागरुक गराउने रहेको थियो ।

माघ २ गते प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =