गोठमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु

माघ १, गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिएका छन् । 

नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =