मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङ र झापा

सुनसरी, २९ असार । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लब फाईनलमा प्रवेश गरेका छन् । धरानमा भइरहेको लिगको फाइनल चरणको खेलमा मोरङ समुह क को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो भने झापा समुह ख को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो । मोरङले पहिलो खेलमा धनकुटालाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै ६ अंकका साथ समुह विजेता भएको थियो ।
प्रतियोगिताबाट धरान फुटबल क्लब भने बाहिरिएको छ । आज आइतबार बेलबारीले सुनसरीको धरानलाई २–१ ले गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । खेलमा बेलबारीका मौसम लिम्बूले ४४ औ मिनेटमा गोल गरे भने दोस्रो गोल ९१ औ मिनेटमा एनस मगरले गरेका थिए । उता सुनसी धरानको तर्फबाट युसुफ थपलियाले एक गोल मात्र गर्न सके । खेलको म्यान अफ द म्याच बेलबारीका सौरभ कार्की घोषित भए । उनले नगद रु ५ हजार र ट्रफि प्राप्त गरेका छन् ।
त्यस्तै आइतबार नै भएको समुह ख को अन्तिम खेलमा झापाको सैनिक युथ क्लबले इलामको रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै समुह विजेता भएको छ । सैनिक युथ क्लबका लागी मिलन राईले खेलको १८ मिनेटमा गोल गरे भने अविशेख गुरुङले ३० मिनेटमा गोल गरी अग्रता दोब्बर बनाएका थिए । त्यस्तै रेजिन माझीले सैनिकका लागी तेरुो गोल गर्दै जित दिलाए । यता रेडहर्षका लागी दर्शन गुरुङले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच झापाका अविशेख गुरुङ घोषित भए । उनले पनि नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको थियो ।
null
प्रतियोगिताबाट रेडहर्ष फुटबल क्लब बाहिरिएको छ । समुह ख को विजेता सैनिक युथ क्लबले अब मंगलबार समुह क को विजेता मोरङको बेलबारी फुटबल क्लबसँग खेल्नेछ । फाइनल खेल धरान रंगशालामा मंगलबार २ बजेदेखि सुरु हुने प्रतियोगिता संयोजक किरण राईले जानकारी दिए । फाइनलको विजेताले ४ केजी चाँदीको रनिङ ट्रफिका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको विजेताले अन्तर प्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तर प्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने अबसर मिल्ने आयोजकले जनाएको छ ।








