आइपीएलः शीर्षस्थानको चेन्‍नई पराजित, बैयर्स्टो र वार्नरको अर्धशतक

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानको चेन्‍नई सुपर किङ्स पराजित भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्‍नईलाई ६ विकेटले पराजित गरेको हो । 

 

चेन्‍नईले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्‍नईका इमरान ताहिरले २ विकेट लिए । 

null

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । चेन्‍नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =