प्रविधिमैत्री शिक्षा हुनुपर्ने: मन्त्री घिमिरे

माघ ११, दुहवी । १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जिबन घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा निति लाई उच्च प्राथमिकतामा राख्ने बताउँदै प्रविधि मैत्री शिक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
सुनसरीको दुहवी स्थित महेन्द्र मेमोरियल एकेडेमीको ३७ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिमिरेले शिक्षा निति र संरचना बृहत्रुपमा सुधार गर्दै लैजान छलफलको विषय रहेकोले शैक्षिक गुणस्तर सुधारका लागि १ नम्बर प्रदेश सरकारले चाँडै नै शिक्षा विधेयक पेश गर्ने बताए ।
null
शुक्रबार दुहबी रंगशालामा भएको ३७ औं वार्षिकोत्सवमा शिक्षा तथा खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै श्री सरस्वती मावि दुहवीका प्रधानाध्यापक नगेन्द्रलाल देव, थर्ड आइ पब्लिक स्कुल सोनापुरका प्रिन्सिपल पुरुषोत्तम राई, हिमशिखर बोर्डिङ स्कुलका प्रिन्सिपल भुपनारायण भगत, महेन्द्र मेमोरियल एकेडेमी दुहवीका खेल शिक्षक सन्तोष तामाङलाई सम्मान समेत गरियो ।
कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमी दुहवीका उत्कृष्ट विद्यार्थी, खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका कार्यकारी निर्देशक निश्चलराज शाक्यले विद्यालयको वार्षिक कार्य प्रगती एवं भावी कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले समाजिक संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरेका थिए ।








