तीस लाख चोरेको आरोपमा पसलका एक कर्मचारी पक्राउ
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । तीस लाख चारेको आरोपमा ललितपुरको एक पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् । ललितपुर -४ को जावलाखेरस्थित पशुपति भिभान्ता नामक जुस स्टोरमा काम गर्ने कर्मचारी पक्राउ परेका हुन् ।
काठमाडौंको कलंकीबाट खगेन्द्रकुमार थापालाई पक्राउ गरेको हो । उनको डेराबाट २० लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
प्रहरीले घटनास्थलमा प्रयोग भएको छाता, मोबाइल, ज्याकेट लगायत पनि बरामद गरेको छ ।

फागुन ९ मा पसलबाट ३० लाख रुपैयाँ र केही जिन्सी धनमाल हराएको भन्दै प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ ।
२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








