‘केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म संलग्न भएको हुँ’
२०७६ पुस १३ गते

पुस १३, काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघको नवनियुक्त महासचिव जगन चापागाईले केही बनौँ भन्ने होइन, केही गरौँ भनेर रेडक्रसमा आफु संलग्न भएको बताएका छन् ।
शुक्रबार नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै उनल हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्ने बताए ।
नवनियुक्त महासचिव जगन चापागाईँलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत् गरेका थिए ।
null
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








