मनाङद्वारा एनअारटी पराजित
२०७५ मंसिर १ गते

मंसिर १, काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले एनआरटीलाई पराजित गरेको छ। लिगकाे अाजकाे पहिलाे खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएकाे हाे । अाजदेखि सुरु दोस्रो चरणको पहिलो खेलमा मनाङले एनअारटीलार्इ २–० ले पाखा लगाएकाे हाे । पहिलो हाफमै मनाङले २–० को अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल मनाङले जितेको हो।
खेलको १७ औं मिनेटमा अन्जन विष्टलाई एनआरटीका डिफेन्डर मसहुद ओहले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा अन्जनले गोलगर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै ३८ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले अफिसले एनआरटीका तीन रक्षकलाई बिटगर्दै डिबक्स नजिकै बाट दोस्रो गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट घोषित भए।
null
२०७५ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








