एक ठाउँको जग्गा देखाई अर्कै जग्गा पास

काठमाडों, ११ जेठ । जग्गा अतिक्रमणका घटना धमाधम सार्वजनिक भइरहेका बेला पछिल्लो समयमा ठगीमा समेत जग्गा कारोबारलाई उपयोग गरेको पाइएको छ । जग्गा कारोबारमा संलग्न एक महिलाले राजधानीकै एक स्थानमा रहेको जग्गा देखाई अर्कै स्थानमा रहेको जग्गा पास गरेको खुलेको छ । ती महिलाले जग्गा बिक्रीबापत डेढ करोड रुपैयाँ लिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार उपत्यकामा व्यावसायिक रूपमै घरजग्गाको कारोबार गर्दै आएकी एक महिलाबाट जग्गा कारोबारका क्रममा झुक्याएर करोडौं ठगी गरेको उजुरी परेको थियो । महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशि गाउँपालिका–८ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल बस्दै आएकी ३८ वर्षीया निलम गुरुङ घिसिङ रहेकी छन् । उनलाई बिहीबार दिउँसो बबरमहलबाट पक्राउ गरिएको हो । 

 

null

घिसिङले धन गौचन नामका व्यक्तिलाई साबिकको काठमाडौं सुन्टोल गाविस–३ मा रहेको जग्गाको कित्ता देखाई लप्सीफेदीमा रहेको अर्को ठाउँको जग्गा पास गरेको खुलेको छ । घिसिङले अमिन लगी नापजाँच गराई जग्गा पास गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनले जग्गा पास गरेबापत १ करोड ५० लाख रुपैयाँ लिई ठगी गरेको भन्दै गौचनले प्रहरीमा जाहेरी दिएका थिए । महाशाखाले यससम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको र महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको बताएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले तुलसीप्रसाद देवलाई इटहरीको १० कट्ठा जग्गा मिलाइदिन्छु भनी ६० लाखसमेत ठगी गरेको खुल्न आएको छ । प्रहरीले उनीबाट अन्य जग्गा कारोबार गर्नेहरूसमेत ठगिएको हुन सक्ने आशंका गरेको छ । महाशाखाले ठगिएका व्यक्तिलाई प्रमाणसहित प्रहरीमा उजुरी दिनसमेत अनुरोध गरेको छ । आजको राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =