स्पेनिस ला लिगा: मेस्सी र स्वारेजको गोलमा हारबाट जोगियो बार्सिलोना

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोना भिल्लारियलसँग ४-४ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौन्टिन्हो र माल्कोमले गोल गरे । भिल्लारियलका लागि स्यामुयल चुकवाजाई, कार्ल टोको इकाम्बी, भिसेन्ट इबोरा र कार्लोस बाकाले गोल गरेका थिए । 

 

बार्सिलोनाका लागि कौटिन्होले १२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए । तर स्यामुयलले २३ औं मिनेटमा भिल्लारियललाई २-१ गोलको स्थितिमा ल्याएका थिए । पहिलो हाफमा २-१ गोलअन्तरले पछि परेको भिल्लारियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्दा बार्सिलोनाले दुई गोल फर्काउन सफल भयो । 

null

 

बार्सिलोनाविरुद्ध खेलको ५० औं मिनेटमा इकाम्बीले गोल गर्दै भिल्लारियललाई बराबरीमा ल्याएका थिए । खेलको ६२ औं मिनेटमा इबोराले गोल गरेसँगै भिल्लारियलले ३-२ गोलको अग्रता बनायो । उत्कृष्ट पुनरागमन गरेको भिल्लारियलले खेलको ८० औं मिनेटमा गोल गर्दै जित नजिक पुगेको थियो । यो पटक बाकाले गोल गर्दै भिल्लारियललाई ४-२ को अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा बार्सिलोनाले सनसनीपूर्ण प्रदर्शन गर्‍यो । 

 

खेलको ९० औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४-३ गोलको स्थितिमा ल्याए । त्यसपछि अतिरिक्त समयमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४-४ को बराबरीमा ल्याउँदै हारबाट जोगाए । त्यस्तै, गएराति नै भएको अन्य खेलहरुमा एट्लेटिको मड्र्डिले गिरोनालाई २-० गोलअन्तरले पराजित गर्दा स्पानियोल र गेटाफेले १-१ गोलको बराबरी खेले । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =