राष्ट्रिय महिला फुटबलमा आर्मी विजयी
२०७४ जेठ १५ गते

“
काठमाडौँ, पुस १७ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








