‘फेसबुकमा सरकारलाई गाली गर्नुको साटो पर्यटक पठाउनुस्, सहयोग हामी गर्छौँ’

 

साउन २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणमा कुनै स्थानीय तह वा सरकारी निकायबाट बाधा भए आफूलाई सह्य नहुने बताएका छन् । 

बिहीबार भैरहवामा आयोजित विमानस्थल प्रगति र समस्या विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

null

‘आयोजनामा कुनै पनि स्थानीय तह वा सरकारी निकायबाट बाधा उत्पन्न हुने कदम सह्य हुने छैन । कुनै छलफल गर्नु छ भने पहिल्यै गरौँ नत्र पछि बाधा उत्पन्न गर्न पाइँदैन’, मन्त्री भट्टराईले भने । 

मन्त्री भट्टराईले निर्माणधिन गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक सबै सहयोग गर्न स्थानीय तहलाई निर्देशन पनि दिए । उनले आयोजनाले माग गरेको पर्याप्त मात्रामा नदीजन्य पदार्थ उपलब्ध गराउन आग्रह समेत गरे । 

उनले आफू मन्त्री भएपछि प्रधानमन्त्रीले बधाई दिने क्रममा यस विमानस्थलको विषयमा चासो राख्दै समयमा काम सम्पन्न गराउन निर्देशन दिएको स्मरण गरे । ‘यो विमानस्थल समयमा सक्नु/नसक्नु हाम्रोे लागि परीक्षा हो । प्रधानमन्त्रीले यसमा परीक्षा लिनु भएको छ । मलाई विश्वास छ हामी यसमा उत्तिर्ण हुन्छौँ’, मन्त्री भट्टराईले भने । 

लुम्बिनी विकास कोषको विशेष बैठकमा सहभागी हुन जाने क्रममा बुटवल पुगेका भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउनका लागि सहयोग गर्न विदेशमा रहेका नेपाललाई आह्वान गरे । विदेशमा रहेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए भ्रमण वर्ष २०२० सफल हुने उनको भनाइ छ । 

‘सरकारले यो गरेन, त्यो गरेन भनेर फेसबुकमा जथाभावी लेख्नुको साटो बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं’, उनले भने । 

निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने पनि उनले कार्यक्रममा दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *