अन्तराष्ट्रिय भलिबलः नेपाल पुलिस फाइनलमा प्रवेश

 

चैत २७, चितवन । नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भातरको रेलवे स्टेशन र तालिमनाडुलाई पराजीत गर्दै पुलिस क्लबले उपाधी होडमा स्थान सुरक्षित गरेको हो । 

null

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले तीन सेट जित्न अन्तिम सेटसम्म कुर्नु परेको थियो । खेलमा नेपाल पुलिस क्लब २५–१७, २५–१५, १७–२५, १९–२५ र १५–११ को सेटमा विजयी भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । 

दोस्रो सेमिफाइनल खेल आजै केहीबेर पछि नेपाल आर्मी र बंगलादेशको टाईटस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल भोलि बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै विभिन्न ६ वटा विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । पञ्चरत्न युवा क्लबको आयोजनामा वैरिया माध्यमिक विद्यालयको चौरमा प्रतियोगिता भइरहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =