त्रिवेणीधाममा श्रीमद्भागवत सप्ताह महायज्ञ हुने

काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक इश्वरकृष्ण महाराजले बताए ।
बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने बताइएको छ ।
null
उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको छ । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने बताइएको छ ।
त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने बताए ।








