आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिताः सुनसरी भयो प्रदेश च्याम्पियन

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी स्वरुप १ नं प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा बास्केटवल तर्फ सुनसरी जिल्ला प्रदेश च्याम्पियन बनेको छ । सुनसरीको धरानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा इलाम जिल्लालाई २८/२५ अंकको स्कोर अन्तरले हराउदै सुनसरी जिल्ला प्रदेश च्याम्पियन बनेको हो । 

 

च्याम्यियन बनेसँगै सुनसरी जिल्लाले स्वर्ण पदक हात परेको छ भने इलाम रजत पदकमै चित्त बुझायो । त्यस्तै मोरङ जिल्ला तेस्रो हुँदै कास्य पदक पाएको छ । खेलमा सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमश: ९.६, ६/७ स्कोर गरेको थियो भने इलामले क्रमशः ६/६ र ५/८ स्कोर गरेको थियो । 

null

खेलमा इलामका विजय बुर्जाले सर्वाधिक १३ स्कोर गरे पनि आफना टिमलाई जित दिलाउन भने सकेन् । त्यस्तै महिलातर्फ प्रतियोगितामा आयोजना नै नगरी खेलाडी छनौट खेल मात्र गरिएको थियो । 

 

खेलमा बिजेता टीम तथा खेलाडीहरुलाई क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी र छनौट समारोहका प्रमुख अतिथि तथा नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेती, जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =