अपरान्हपछि मेघगर्जनसहित वर्षा, सोमबार हिमपात

 

फागुन ५, काठमाडौँ । आइतबार मौसममा केही सुधार आएपनि सोमबारदेखि पुनः देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहीबारदेखि आएको मौसमी प्रणाली हटेका कारण आइतबार मौसम सफा रहेपनि सोमबार फेरि अर्को पश्चिमी वायु भित्रिन लागेकोले भोलिदेखि मौसम बदली रहने भएको हो । 

null

पश्चिमी भेगमा भने पश्चिमी अलिअलि प्रभाव बाँकी नै भएकाले आइतबार पश्चिम पहाडी भेग र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 

सोमबार देशको पश्चिमि पहाडि भू–भागका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै राति पश्चिमि भु–भागका केहि स्थानहरुमा तथा मध्यका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मंगलबार दिउँसो देशभरकै मौसम बदली रहनेछ । पश्चिमि भेगका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपात हुन सक्ने महाशाखाको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =