आज युरोपा लिगको फाइनल खेल हुँदै, कसले मार्ला बाजी ?

एजेन्सी । युरोपा लिग फुटबलको फाइनल खेल आज हुँदैछ । अजरबैजानको बाकुस्थित ओलम्पिक रंगशालामा आज राति हुने खेलमा उपाधिका लागि दुई इङ्लिस क्लबहरु चेल्सी र आर्सनल भिड्नेछन् । इङ्ल्यान्डको लण्डनका दुई क्लबहरु भिड्न लागेकाले यो खेललाई बाकुमा हुने लण्डन डर्बीको रुपमा हेरिएको छ । 

 

सन् २०१३ को युरोपा लिग च्याम्पियन चेल्सी दोस्रो पटक यो उपाधिको खोजीमा छ । उसले सन् २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । आर्सनलले भने अहिलेसम्म च्याम्पियन्स लिग र युरोपा लिग जित्न सकेको छैन । आजको खेल जितेको खण्डमा आर्सनल आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनोट हुनेछ । 

null

प्रिमियर लिगमा पाँचौ स्थानमा समेटिएको आर्सनलका लागि च्याम्पियन्स लिग खेल्ने यो मात्रै एक बाटो जिवित छ । आजको खेललाई चेल्सी र आर्सनलका केही खेलाडीहरुको अन्तिम खेलको रुपमा समेत हेरिएको छ । 

स्पेसिन क्लब रियाल मड्रिडसँग नजिकिएका एडिन हाजार्डले यो खेलपछि चेल्सी छोड्ने निर्णय गर्न सक्छन् भने प्रशिक्षक माउरिजियो सारीलाई समेत चेल्सीले हटाउन सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =