आफ्नै जन्मदिनमा तक्मेबुढालाई सन्तान प्राप्ती

माघ १५, काठमाडौँ । बुधबार हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई सन्तान प्राप्ती भएको छ । उनको श्रीमती सरीना लामाले  पहिलो सन्तानको रुपमा आज बिहान छोरालाई जन्म दिएकी हुन् ।   

आफूलाई पहिलो सन्तानको रुपमा छोरा प्राप्त भएपछी राईले आफ्नो खुशी फेसबुकबाट तस्बिर सहित शेयर गरेर साटेका छन् ।  उनले आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको  सामाजिक संजालमा लेखेका छन् । 

सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राईको आज ३४ औँ जन्मदिन रहेको छ ।   

विल्सनले डाक्टरले श्रीमतीलाई बच्चा जन्मने मिति केही पछिको दिए पनि मिति भन्दा अघी नै बच्चाको जन्म भएको बताए ।  उनले जब श्रीमतीलाई अपरेसन थिएटरमा लगिएको  थियो त्यो समय मनमा अनेकौं कुरा खेलेको बताए । उनले अहिले आमा र बच्चा दुवै स्वस्थ रहेको बताए ।   

गत फागुनमा इलामकी सरीनासँग  सुटुक्क बिवाह गरेका राईले आफूले बिवाह गरेको खबर भदौमा मात्र सार्वजनिक गरेका थिए ।   

विल्सन बाबु बनेको सुनेपछि  धेरैले उनलाई बधाई  दिएका छन् ।  अभिनेता दयाहाङ राईले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ।भाईबुहारीलाई अनि छोरालाई स्वागत ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *