धरानबाट करौंडो रकम लिएर बेपत्ता भएका सञ्चालकको खोजी गर्न उजुरी

फागनु २९, धरान । धरान-३ स्थित सुन पसलका सञ्चालक यौवन खड्गीको खोजी गर्न वडा कार्यालयमा निवेदन परेको छ ।   

धरान ३ मा रहेको जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी केही महिनादेखी बेपत्ता रहेको र सर्वसाधारणहरुले उनको पसलमा गरेको कारोबार डुब्ने डरले सम्बन्धीत ब्यक्तिकाे खोजी गरिदिन वडा कार्यलयमा निवेदन दिएका हुन् ।   

फागुन १९ गते दिइएको निवेदनमा बेपत्ता खडगीले धरानका बिभिन्न व्यक्तिबाट ऋण लिएर हालसम्म सम्पर्क बाहिर रहेकोले सम्बन्धित ब्यक्ति भागेको हो कि भन्ने आशंका भएको हुँदा सम्बन्धित व्यक्ति भागेको हो कि होईन आश्वस्त पार्ने गरी छलफल गराई दिन आग्रह गरिएको छ ।   

धरान वडा नं ३ कार्यालय वडाध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनमा बिनीता श्रेष्ठ, ललिता श्रेष्ठ, रेखा खडगी र फुल कुमारी खड्गीको हस्ताक्षर रहेको छ ।   

धरानमा सयौँको संख्यामा रहेका सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने लोभमा न्यु जयन्ती स्टोर सुन पसलमा पैसा राख्ने र झिक्ने कारोबार गर्ने गरेका थिए । खड्गी पसलमा जम्मा भएकाे करोडौँ बराबरको रकम लिई एक महिनादेखि गायब भएको पीडितहरुको आशंका छ ।   

‘सबैको हिसाब गर्दा करिब १० करोड डुबेको हल्ला छ, १८ प्रतिशत ब्याज दिने भनेर पैसा राखेका थियौँ ।’ पिडित मध्येका एक ब्यक्तिले नाम उल्लेख नगरिदिने शर्तमा भने । उनका अनुसार खड्गीले आफ्नै घरमा सुन पसल चलाएका थिए । उनले त्यहीँबाट ऋण तथा सापटी लगायत कारोबार गर्दै आएका थिए ।   

खड्गी गायब भएपछि पैसा जम्मा गरेका सर्वसाधारणहरुले बिहिबार वडा नं ३ का जनप्रतिनिधि सहित खड्गीको घर घेराउ गरेका थिए । धरानमा बारम्बार यस्ता घटना घट्दा पनि सर्वसाधारणहरु भने सचेत नभएको देखिएकाे छ । यस अघिपनि धरानकै अर्काे सुन पसलका सञ्चालक पनि अबैध रूपमा निक्षेप संकलन गरी भागेका थिए । 

खड्गीकी श्रीमतीले आफना श्रीमान् महिनौ देखि बेपत्ता भएको भन्दै ईलाका प्रहरी कार्यालय धरानमा श्रीमान् हराएको र खोजी गर्न निवेदन दिएको बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =