काठमाडौँमा ट्रिपर दुर्घटना, दुईको मृत्यु

पुस ११, काठमाडौँ । शुक्रबार काठमाडौँमा  ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   

काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको उक्त ट्रिपर तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो ।   

ना २ क ३३८ नम्बरको सो ट्रिपर दुर्घटना हुँदा चालक माइला तामाङ र सह चालक कमल तामाङ को मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for ट्रिपर दुर्घटना

महानगरीय प्रहरी वृत बालाजुका अनुसार ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको उक्त ट्रिपर  अति तीब्र गतिमा रहेको कारण  सडकबाट ५० मिटर तल आलुबारीमा खसेर दुर्घटना हुन पुगेको हो ।   

घटनाबारे अनुसन्धान भईरहेको वृतका प्रमुख रन्जित सिंह राठौरले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =