जहाँ बालबालिकालाई सिकाई र अनुभवका आधारमा पढाइन्छ

च्याउसरी खुलेका मन्टेश्वरीको गुणस्तरीयता मापन गर्ने आधार नभएकोले अभिभावकलाई कुन मन्टेश्वरीको गुणस्तर कस्तो छ झट्ट थाहा हुँदैन । जब बालबच्चा अढाई तीन वर्षका हुन्छन्, अभिभावकलाई उनीहरुलाई कस्तो शिक्षा दिने र कस्तो मन्टेश्वरीमा पठाउने चिन्ता हुन्छ । टोलटोलमा खुलेका मन्टेश्वरीको गुणस्तरीयतामा प्रश्न उठिरहेको अवस्थामा अभिभावकले आफ्ना नानीहरुलाई मन्टेश्वरी पठाउँदा त्यहाँको वातावरण देखि शिक्षक शिक्षिकासँगै पूर्वाधारमा समेत विशेष ध्यान दिनुपर्छ ।   

अन्तराष्ट्रिय चेन भएको किडजी पछिल्लो समय बालबालिकालाई शैक्षिक जग बसाल्न गुणस्तरीय मन्टेश्वरी बनेको छ । किड्जीले बालबालिकालाई चाहिने सम्पूर्ण सुविधासहित मन्टेश्वरी सञ्चालन गर्दै आइरहेको छ । बालबालिकालाई घोकाएर हैन, बालशुलभता प्रयोग गर्दै उनीहरुको मानसिक विकासमा दवाव नदिइकन प्रयोगात्मक शिक्षण विधिबाट पढाउने विधि अर्थात मन्टेश्वरी विधि अपनाउँदै आएको किडजीको धरान शाखा पछिल्लो समय अभिभावकको रोजाइमा परेको छ ।   

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको किडजीमा सरस्वती पुजामा आफ्ना बालबालिकालाई भर्ना गराउन तथा अक्षरारम्भ गराउने अभिभावकको घुईंचो लागेको थियो । वीपी प्रतिष्ठानको शान्त, हरियाली तथा सुरक्षित वातावरणमा रहेको किडजीमा बालबालिकालाई चाहिने भौतिक पूर्वाधार र मन्टेश्वरी ट्रेण्ड शिक्षकशिक्षिका छन् ।   

किड्जी अन्तराष्ट्रिय स्तरको शैक्षिक सञ्जाल भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि विस्वसनीय रहेको किडजी धरानकी प्रिन्सिपल अनामिका पाण्डेको दावि छ । हास्दै, खेल्दै बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक गतिविधिमा लगाए पढ्न लेख्नमा रुची बढ्छ । किड्जीले सोहि पद्दति अनुसार बालबालिकालाई केयर गर्ने प्रिन्सिपल पाण्डेको भनाई छ । मन्टेश्वरी शिक्षा के हो ? किड्जी कस्तो प्रकारको संस्था हो ? मन्टेश्वरी छनौट कसरी गर्ने लगायतका विषयमा प्रिन्सिपल अनामिका पाण्डेसँग मकालु खबरका संवाददाता भरतराज शर्मा (गोपाल)ले गरेको कुराकानीको संक्षेपः   

अनामिका पाण्डे 

मन्टेश्वरी कस्तो प्रकारको शैक्षिक पद्दति हो ? 

यो पद्दति इटालीबाट सुरु भएको हो । मन्टेश्वरी शिक्षा प्रणाली भनेको सिकाइका माध्यमबाट बालबालिकालाई कुनैपनि कुरा सिकाउने विधि हो । यो पद्दतिमा बालबालिकालाई अधिकतम प्रयोगात्मक अभ्यास गराइन्छ । विभिन्न खेलहरुबाट स्मरण शक्ति बढाउने, जुन पाठ पढाइँदैछ त्यससँग सम्बन्धित वस्तु वा ठाउँको अनुभव र अवलोकन गराएर ज्ञान दिने काम हुन्छ ।   

बालबालिकालाई कुनैपनि विषयमा रुचि लाग्ने बनाएर दवाव विना पठन–पाठनमा ध्यानाकृष्ट गराउनु मन्टेश्वरी विधिको विशेषता हो । यो विधिमा बालबालिकाहरुलाई शिक्षक शिक्षिकाले पछाडि बसेर गाइड मात्र गर्छन् । बालबालिकाहरु विभिन्न जात, धर्म र संस्कृति, संस्कार लगायतका बारेमा प्रयोगात्मक रुपमा अध्ययनमा लगाउनु नै मन्टेश्वरी शिक्षण पद्दति हो ।   

धरानको किड्जी कस्तो मन्टेश्वरी हो ?   

सन २०१७ मे २२ बाट सुरु भएको किड्जी धरान अन्तराष्ट्रिय स्तरको मन्टेश्वरी हो । यसको मुख्य लगानीकर्ता बाहिरी देशका पनि हुनुहुन्छ । यसको नेपालमा मात्र नभएर भारतमा समेत धेरै शाखाहरु छन् जहाँ मन्टेश्वरी विधिबाट सिकाईको क्रियाकलाप गरिन्छ । किड्जीमा बालबालिकालाई पढ्न प्रेरित गर्न र उनीहरुको पढाई र सिकाईलाई रुचिकर बनाउन अत्याधिक प्रयोगात्मक शिक्षण विधि अपनाइन्छ । त्यसका लागि किड्जीले हरेक प्रकारका प्रयोगात्मक सामग्रीको प्रयोग गर्दछ । 

धरानमा रहेका अन्य मन्टेश्वरी र किड्जीमा के फरक छ ? 

अरु मन्टेश्वरीमा के छ हामीलाई थाहा छैन । हाम्रो मन्टेश्वरी नेपाल र भारतमा उत्कृष्ट मन्टेश्वरीमा पर्दछ । हाम्रो आफ्नै करिकुलम छ जहाँ बालबालिकाले सिकाईका, अनुभवका आधारमा शिक्षा प्राप्त गर्दछन् । किड्जीमा विद्यार्थीलाई कुनै डर, त्रास विना स्वतन्त्र रुपमा सिक्ने अवसर छ । सम्पूर्ण सामग्रीहरुको पर्याप्त रुपमा प्रयोग गरी बालबालिकालाई आफैं पढ्ने र सिक्ने वातावरण यहाँ छ ।   

किड्जीको विशेषता के हो ?   

किड्जी मन्टेश्वरीको विशेषता बेग्लै छ । हामी बालबालिकाहरुलाई सानै देखि समय सापेक्षित वातावरणमा पढ्ने खेल्ने र हुर्कन दिइराखेका छौं । जसले गर्दा ठुलो हुँदा उनीहरु कुनैपनि प्रकारको अवस्थामा हड्बडाउने तथा नअत्तालिने हुन्छन् अर्थात, हामी बालबालिकालाई आत्मविस्वासी बनाउँछौं । बालबालिकाहरु जुनसुकै ठाउँमा खुशी साथ रहन सक्ने वातावरण तयार गर्न किड्जीले विशेष ध्यान दिएको छ । बालबालिकाको रुची केमा छ सोहि प्रकारको वातावरण बनाएर पढाउने भएकोले अन्य मन्टेश्वरी भन्दा हाम्रो फरक छ ।   

गीतसंगित कक्षा, नृत्य कक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनु, पोषणयुक्त खाना दिनु, अतिरिक्त क्रियाकलापमा बढि जोड दिएर पढाउनु किड्जीको विशेषता हो । बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी हामी स्वस्थकर खाना, शुद्ध पीउने पानी, स्वच्छ वातावरण उपलब्ध गराईरहेका छौं । महत्वपूर्ण कुरा हो कि किड्जीमा तीन पटक हाइजेनिक खानाको ब्यवस्था गरिएको छ ।   

पछिल्लो समय मन्टेश्वरीलाई ब्यापार गर्ने थलो बनाईएको छ, तपाईहरुको उद्देश्य पनि त्यस्तै त हैन ? 

कसैले मन्टेश्वरी खोलेर पैसा कमाउछु भन्ने सोच राख्छ भने त्यो गलत हो । बालबालिकाको भविष्यसँग जोडिएको शिक्षालाई ब्यापार बनाउनु हुँदैन र, शिक्षालाई व्यापार पनि भन्न मिल्दैन । नेपाल पछि परेको कारण नै गुणस्तरीय शिक्षाको अभावले हो ।   

२१ औं शताब्दीमा मानवका लागि गुणस्तरीय शिक्षा पहिलो आवश्यक्ता हो । देशको लागि योग्य नागरिक तयार गर्नेक्रममा बालबालिकालाई मन्टेश्वरी विधिबाट शिक्षा दिइएमा उनीहरुको भोलीको बाटो सहज बनाइदिन्छ । हामीले पैसा कमाउने उद्देश्य लिएका छैनौं । 

मन्टेश्वरीमा पढ्दा धेरै खर्च लाग्छ, त्यसपछि पढ्ने वातावरण फरक हुँदापनि बालबालिकालाई असर गर्छ भन्छन् नी ? 

यो गलत कुरा हो । मन्टेश्वरी भनेको बालबालिकाको शिक्षाको फाउण्डेशन तयार गर्ने माध्यम हो । चार पाँच वर्ष मन्टेश्वरीमा बसेपछि बालबालिका बल्ल स्कुल जान योग्य हुन्छन् । स्कुलको आधारभूत सिकाई मन्टेश्वरीमै सिकेर जाँदा उनीहरुलाई अझ सहज हुन्छ । कुनैपनि कुरा बालापनमा सिकायौं भने पछिसम्म सम्झन सक्छ । जस्तो अनुशासन, शिष्टता, बोलीबचन आदी । तपाई घरमा आफ्ना बालबच्चासँग विनम्रताका साथ, आदरभावका साथ बोलचाल गर्नुहुन्छ । मन्टेश्वरीमा पनि त्यहि प्रकारको वातावरण छ भने त्यो बच्चाले स्कुल, कलेज लाइफ देखि भोली गएर जिवनमै त्यहि अनुरुप ब्यवहार गर्दछ ।  

तपाई घरमा बालबच्चालाई गाली गर्नुस, ठाडो शब्द बोल्नुस उसले भोली त्यहि कुरा दोहोर्याउँछ । बालबालिकालाई गुणस्तरीय वातावरणमा गुणस्तरीय शिक्षा दिन सक्यौँ भने पछि गएर उसको भविष्य राम्रो बन्छ ।  मानिस राम्रो र सक्षम बन्नका लागि बालापन राम्रो हुनु जरुरी छ जुन किडजी मन्टेश्वरीमा सिकाईन्छ । जहाँसम्म शुल्कको कुरा छ । हामीले दिने शिक्षाको तुलनामा हामीले लिएको शुल्क नर्मल छ । 

मन्टेश्वरी छनौट गर्दा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ?   

बालबालिका काँचो माटोका डल्ला हुन् । जसरी काँचो माटोलाई आकार दिन सजिलो हुन्छ, त्यसैगरी बालबालिकालाई पनि असल संस्कार र शिक्षा दिनसके उनीहरु सफल हुन्छन् । त्यहि भएर अभिभावकले मन्टेश्वरी छनौट गर्दा विशेष ध्यान दिनुपर्छ । मन्टेश्वरी तालिम लिएका शिक्षक शिक्षिका भएका, बालमनोविज्ञान बुझ्ने, पर्याप्त सिकाईका माध्यम भएका, शान्त स्वच्छ सुरक्षित वातावरण भएको, बालबालिकाको स्वास्थ्य र पोषणप्रति सजग भएको मन्टेश्वरी छनौट गरेको खण्डमा बालबालिकाले उचित शिक्षा प्राप्त गर्न सक्छन् ।   

अन्तमा, अभिभावकले आफ्ना बालबालिकालाई किड्जीमा किन भर्ना गर्ने ?   

किड्जी भनेको एउटा अन्तराष्ट्रिय शैक्षिक ब्राण्ड हो । किड्जी नेपालकै पहिलो सुविधा सम्पन्न मन्टेश्वरी हो । यहाँ बालबालिकाहरुलाई समयको माग अनुरुपको शिक्षा दिइन्छ । हामी बालबालिकालाई रटाएर हैन खेलाएर, अनुभव गराएर पढाउँछौं । त्यसैले किड्जी मन्टेश्वरी अरुको तुलनामा छोटो समयमा अभिभावकहरुको रोजाईमा पर्न सफल भएको छ ।  

हेर्नुहाेस फाेटाे फिचर (तस्वीरहरू, किड्जी धरान) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *