कुँवरको अध्यक्षतामा नेपाल शैक्षिक परामर्स संघ रुपन्देहीको नयाँ नेतृत्व चयन

पुस २०, बुटवल । बुटवलमा शुक्रबार भएको भेलाबाट देव बहादुर कुँवरको अध्यक्षतामा नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीको नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ गठन भएको समितिको उपाध्यक्षमा अमित पौडेल, सचिवमा गिरीराज पाण्डे, कोषाध्यक्षमा मोहनलाल घिमिरे चयन भएका छन् । कार्यकारी सदस्यहरुमा राजेश पाण्डे, मुकेश अर्याल, मिन प्रसाद शर्मा, करिष्मा पाण्डे, दिपेश अर्याल, गोविन्द बस्नेत चयन भएका हुन । यस्तै प्रमुख सल्लाहकारमा गोविन्द राज अधिकारी, सल्लाहकारमा दिनेश पौडेल र बसन्त पाण्डेलाई चयन गरिएको छ ।
अधिवेसनको उदघाटन गर्दै नेपाल शैक्षिक परामर्स संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्स प्रदान गर्ने संस्थाहरुको विचमा एकता आवश्यक रहेको बताए । उनले शिक्षा मन्त्रालय संग जोड्नुपर्ने बताए ।
null
अहिले पनि कयौं कन्ल्टेन्सीहरु राज्यको नीती नियम भन्दा वाहिर रहेको भन्दै सबैलाई राज्यको नीति नियमममा भित्र रहेर सञ्चालन गर्नुपर्ने बताए । केन्द्रीय अध्यक्ष पाण्डेले ई क्यानमा आवद्ध रहेका सबै संस्थाहरु नेपाल सरकार शिक्षा मन्त्रालयको ऐन कानुनको परिधीमा रहेर काम गरिरहेको बताए ।
रुपन्देहीमा करिव १ सय भन्दा बढि कन्ल्टेन्सीहरु सञ्चालनमा रहे पनि ई क्यानमा एक दर्जन मात्रै कन्सल्टेन्सीहरु आवद्ध रहेका छन् ।








