बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको सुरुवाती अग्रता

असार १५, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को १०० मतगणना हुँदा नेकपा एमालेका अध्यक्षका उम्मेदवार किस्मत कुमार कक्षपतिले ५७ मत ल्याउनु भएको छ भने उपाध्यक्षका उम्मेदवार एकमाया विकले ६१ मत ल्याउनु भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बर विक ‘तुफानले २४ मत ल्याउनु भएको छ भने उपाध्यक्षकी उम्मेदवार फिरोज बानो खाँले २१ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नक्की खाँले १७ मत ल्याउनु भएको छ त्यस्तै उपाध्यक्षकी उम्मेदवार दिपा आलेमगरले १७ मत प्राप्त गर्नु भएको छ । वडा अध्यक्षमा पनि एमालेका सुमन मल्लको अग्रता रहेको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो । मल्लले ६० मत प्राप्त गर्नु भएको छ । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार १९ र माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार २० मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *