अपर नौगडगाड आयोजनाको (८.० मेगावाट) निर्माण सम्पन्न

मंसिर २५, काठमाडाै ।  अपी पावर कम्पनीले गत कार्तिक १३ गते देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ । 

यस  आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यस बिद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष रु. २७.४८ करोड आय आर्जन गर्नेछ । साे आयमा बार्षिक ३ प्रतिशतका दरले वृद्धि हुने बताइएकाे छ  । अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको हाे । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुनेछ र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जानेछ ।   

यस आयोजना निर्माणको लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगतरु. १२० करोड कर्जा उपलब्ध भएको छ । आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।   

आयोजनामा Andritz Hydro द्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मे.वा. साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।  विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आइरहेकाे यस आयोजनाकाे  कम्पनीले आफना शेयरधनीहरुलाई नियमित रुपमा लाभांश वितरण गरिरहेको छ ।  

  

अब कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४०मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने भएको छ । यसका लागी चाहिने सबै स्विकृतिहरु प्राप्त भएको छन । चमेलिया जलविद्युत आयोजना सुदुर पश्चिमाञ्चल प्रदेशको दुर्गम जिल्ला दार्चुलामा अवस्थीत आयोजना हो । यस आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति  नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिने हुँदा यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणको लागी सजिलो भएको छ । 

आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनुकाे साथै उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३.२ डायमिटरको Penstock Pipe को सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ।   

यस अपर चमेलिया जलविद्युत आयोजना निर्माणको लागी जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान गरिएकाे छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानीबाट र  बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिने बताइएकाे छ  ।  

यस आयोजनाको निर्माण कार्य २०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । सुदुरपश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत रहेकाे छ । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा समेत पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् ।  

अहिले भारतबाट विद्युत खरिद गरी देशको माग परिपूर्ति गरिरहेक बताइएकाे छ  । यसमा परिवर्तन ल्याउन सकिए यो आयोजना यस मार्गमा महत्वपूर्ण कोसे ढूँगा सावित हुने बताइएकाे छ । साथै लगानी मैत्री सुदूर पश्चिमाञ्चलमा रहेको अपार जलश्रोतको उपायोग गरि देशलाई उर्जामा आत्मनिर्भर गर्न सकिनेछ । 

नेपालमा उर्जाको विकासको इतिहास लामो छ । वि.स. १९६८ जेष्ठ ९ मा फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत आयोजना हो यसअघि डिजेलबाट विद्युत उतपादन गरी मागको आपूर्ति हुने गरेको थियो । 

जलविद्युत आयोजनाहरु निर्माणको लागी ठूलो लगानीको आवश्यकता पर्दछ । एक मेगावाटको जलविद्युत आयोजना नीजि लगानीबाट निर्माण गर्दा करिव रु. २० करोड प्रति मेगावाट लाग्ने अनुमान गरिन्छ । यसको ७० प्रतिशत बैंकबाट ऋण तथा ३० प्रतिशत शेयरधनीहरुको लगानी हुने चलन छ ।  

बैंकबाट प्राप्त कर्जाको औसत ब्याजदर १२ देखि १४ प्रतिशत पुगेको छ र आयोजनाले तिर्नुपर्ने कर्जाको ब्याजको भार बढेको छ । तर विद्युत विक्री बाट प्राप्त हुने आय निश्चीत हुने हुँदा परियोजनाको मुनाफामा प्रतिकुल असर परिरहेको छ । यसको परिणमा स्वरुप कयौं आयोजनाहरुले आफ्ना लगानीकर्ताहरुलाई वर्षौ सम्म पनि लाभ दिन सकेका छैनन् । यस्तो अवस्थामा बनिसकेका आयोजनाहरुले नेपाल राष्ट्र बैंकबाट पुर्नकर्जाको सुविधा पाउन सक्ने व्यवस्था छ । यो व्यवस्था सहवित्तियकरण अर्न्तगत कर्जा लिई संचालन गरिएका आयोजनाले प्राप्त गर्ने सकेमा व्याज दरमा सहुलियत प्राप्त हुने बताइएकाे छ ।   

यसको विकल्पको रुपमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको जलविद्युत लगानी तथा विकाश कम्पनीले नीजि लगानीबाट बनिसकेका जलविद्युत आयोजनाहरुलाई पुर्नकर्जा उपलब्ध गराई दिएमा आयोजनाहरुले सरल व्याजदरमा कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जाको भुक्तानी अवधि लामो बनाई दिन समेत कम्पनीकाे  अनुरोध रहेकाे छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =