सोमबार बिहान शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेशियामा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । बान्दा समुद्र क्षेत्र केन्द्रविन्दु भएर ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे युएसजिएसले जनाएको छ । 

 

भूकम्पका धक्का इन्डोनेशियाको ग्रामीण क्षेत्र बढी महसुस भएको थियो । तत्काललाई सुनामीको चेतावनी नदिइएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण क्षति भएको या मानिस घाइते भएको भन्ने खबर अहिलेसम्म नआएको जनाइएको छ । 

null

सुरुमा यो भूकम्प ७.२ म्याग्निच्युडको भनिएको थियो । त्यसपछि बढाएर ७.५ म्याग्निच्युड भनिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =