हामीले व्यक्तिलाई दोषि देखिरा’छौं, संरचना नै कमजोर छः मन्त्री त्रिपाठी

मंसिर ५, काटमाडौँ । बिहिबार बिहान शीतलनिवासमा सपथ ग्रहण गरेका  नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले आफ्नो पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका त्रिपाठीले  सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।   

उनले पद ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता देखिएको र त्यसलाई व्यवस्थित गर्नु रहेको बताए । उनले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको बताउँनुको साथै त्यसलाई पारदर्शिता गर्ने बताएका छन् । 

लालबाबु पण्डितलाई विस्थापित गर्दै मन्त्री बनेका त्रिपाठीले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।  उनले भने ‘एउटा नीतिगत समस्या हो, अर्को संरचनागत समस्या,’ , ‘हामीले व्यक्तिलाई दोषि देखिराछौं, संरचना नै कमजोर छ । ड्राइभर बलियो राखिदिएर १० हर्सपावरको गाडी चलाउन दियो भने त उही हो नि समस्या त ।’ 

यसअघि त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =