डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना: नौ जना घाइते

डडेल्धुरा, ११ वैशाख । जन्ती बोकेको बलेरो जीप दुर्घटनामा परि नौ जना घाइते भएका छन् जस मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको जनाएको छ । महेन्द्रनगरबाट जन्ती बोकेको म १ ज ६४४ नम्बरको जीप बलनामा दुर्घटना भएको प्रहरीले बताएको छ । 

डेल्धुराका प्रहरीका अनुसार गम्भीर रहेक तीन जना कञ्चनपुरको ३५ वर्षीय मदन कलौनी, बलनाका २० वर्षीया मदनराज पनेरु र सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु छन् । घाइते भएकाहरुको डडेल्धुरा अस्पताल उपचार भइरहेको प्रहरीले बताएको छ। दुलहा दुहली भने अर्को गाडीमा सवार भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =