डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना: नौ जना घाइते
२०७६ वैशाख ११ गते

डडेल्धुरा, ११ वैशाख । जन्ती बोकेको बलेरो जीप दुर्घटनामा परि नौ जना घाइते भएका छन् जस मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको जनाएको छ । महेन्द्रनगरबाट जन्ती बोकेको म १ ज ६४४ नम्बरको जीप बलनामा दुर्घटना भएको प्रहरीले बताएको छ ।
डेल्धुराका प्रहरीका अनुसार गम्भीर रहेक तीन जना कञ्चनपुरको ३५ वर्षीय मदन कलौनी, बलनाका २० वर्षीया मदनराज पनेरु र सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु छन् । घाइते भएकाहरुको डडेल्धुरा अस्पताल उपचार भइरहेको प्रहरीले बताएको छ। दुलहा दुहली भने अर्को गाडीमा सवार भएको प्रहरीले जनाएको छ ।
२०७६ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








