पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कपको फाइनलमा प्रवेश

असार १५, मस्को । पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

रुसमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भएको हो । निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो ।

टाईब्रेकरमा चिली ३–० ले विजयी भएको हो । चिलीका भिडाल, आराग्वेज र सान्चेजले लगातार तीन गोल गर्दा पोर्चुगलका करिज्मा, मौटिन्हो र नानीको प्रहार खेर गएको थियो ।

जितसँगै लेटिन अमेरिकी च्याम्पियन चिली उपाधि नजिक पुग्दा युरोपियन च्याम्पियन पोर्चुगलको यात्रामा पूर्णविराम लागेको छ । चिलीले अब उपाधिका लागि जर्मनी र मेक्सिकोबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *