‘नेपाल जीवनस्तर सर्वेक्षण’ को काम सुरु, आर्थिक गणना पनि गरिने
२०७५ चैत २८ गते

चैत २७, काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’ को काम थालनी गरेको छ ।
गरिबी निवारण गर्ने उद्देश्यका साथ विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्ने कामलाई अगाडी बढाएको हो ।
null
त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समुदायहरुको पनि तथ्यांक संकलनको काम सुरु गरेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।
यस्तै विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा मुलुकको समग्र डाटा संकलन गर्ने पनि जानकारी दिइएको छ । संकलित डाटा इन्टरनेटमार्फत् जानकारी गराइनेछ ।
केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलोपटक आर्थिक गणनाको काम पनि सुरु गरेको छ। रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
२०७५ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








