फेरी भरी सिलिण्डर ग्यास नै वितरण गरिने (विज्ञप्तिसहित)
२०७६ चैत २६ गते

काठमाडौँ । नेपाल आयल निगमले पुनः भरी सिलिण्ड ग्यास विक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालन समितिको बुधबार बसेको बैठकले पुनः १४.२ के.जीको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो ।
बिहीबारदेखि भरी सिलिण्डर ग्यास भर्न निगमले ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री वितरण गरिने निगमले जनाएको छ ।

भरी सिलिण्डर ग्यास बिक्रि गर्दै आइरहेको भए पनि कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि निगमले आधा सिलिण्डरमात्रै ग्यास बिक्री गर्न लागिएकोमा आजको निर्णयले फेरि पूरा सिलिण्डर ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ ।
२०७६ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








