बिराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

मंसिर २६, बिराटनगर । बिराटनगरमा हुन गइरहेको बिराट ट्रेड एक्स्पो २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघ बिराटनगरले पुष ६ गतेदेखि १२ गतेसम्म तिनपैनीमा आयोजना गर्ने एक्स्पोको तयारी तिब्र गतिमा भैरहेको छ । 

 

लामो समयदेखि यहाँका उद्योगीहरुले प्रर्दशनी स्थलको माग गर्दे आएपनि त्यसको पूर्वाधारमा कुनैपनि तहका सरकारले चासो नदेखाएका कारण स्थानिय खालि जग्गामा नै मेलाको आयोजना हुन लागेको हो । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाखले अवलोकन गर्ने मोरङ व्यापार संघका महासचिव नबिन रिजालले जानकारी दिए । 

null

एक्स्पोमा नेपालका बिभिन्न जिल्लाबाट तथा भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल राख्ने उनले बताए । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने मोरङ व्यापार संघले अनुमान गरेको छ । एक्स्पोमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बाल उद्यान तथा मनोरञ्जन र खाना कक्ष रहने छन् । प्रदर्शनी कक्षमा अटोमोवाईल्स, बैंक तथा बित्तिय संस्था, निर्माण सामाग्री, अन्तराष्ट्रिय औधोगिक उपकरण, कृषि, जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामाग्री हस्तकला, तयारी पोषाक, जुत्ताचप्पलका पनि स्टल रहने रिजालले बताए । 

एक्स्पोमा दर्जनबढी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको बिबिध साँस्कृतिक कार्यक्रम संचालन हुने बिराट व्यापार संघले जनाएको छ । प्रदेशको अस्थायी राजधानी घोषणा भएपछि व्यापारीक चहलपहल समेत थप बढेको बिराटनगरमा अन्तराष्ट्रिय स्तरको मेलाले थप आकर्षण बढाउने यहाँका उद्योगी व्यापारीले विश्वास लिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =