‘हिरो रिर्टन्स’ मा रेखा र सविनको एक्शन रुप, यस्तो बन्यो ट्रेलर

फागुन २१, काठमाडौँ । बुधबार एक्शनले भरिपूर्ण नायिका रेखा थापा र नायक सविन श्रेष्ठद्वारा अभिनित चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक गरिएको छ ।
३ मिनेट २३ सेकेण्डको उक्त सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र रेखा र सविनलाई पुरै एक्शन अवतारमा देखार्ईएको छ ।
आशिष भेटवालले निर्देशन गरेको यस चलचित्रमा रेखा र सविनसँगै दिल श्रेष्ठ, सरोज खनालको मुख्य भूमिका रहेको छ । चलचित्रमा सरोज खनालले खलनायकको भूमिका निर्वाह गरका छन् ।

‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा भिम न्यौपाने र धुर्व न्यौपानेले लगानी रहेको छ । मदनकाश्यप घिमिरेको छायांकन गरेकाे यस चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।
चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । एक्सन, प्रेम र विछोडको कथामा आधारित यस चलचित्र आगामी बैशाख २६ बाट प्रदर्शनमा आउँदै छ ।
https://youtu.be/S_Jtfdcnv78








